राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २६ फाल्गुन, २०८२
२०८२ फागुन २६, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आफूलाई पदको हैसियतमा उपलब्ध गराइएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन् । मंगलबार उनले उक्त राहदानीको प्रयोजन समाप्त भएको उल्लेख गर्दै प्रशासन महाशाखामार्फत फिर्ता प्रक्रिया अघि बढाएका हुन् ।
यस सम्बन्धमा उनले पठाएको पत्रमा अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न दिइएको कूटनीतिक राहदानी अब आवश्यक नरहेको भन्दै परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागमा बुझाइदिन अनुरोध गरिएको उल्लेख छ ।
मंगलबार एक सूचानामार्फत खनालले कुटनीतिक राहदानी डिए ०००२७१० को प्रयोजन समाप्त भएर फिर्ता गरेको जनाकारी दिएका हुन् ।
खनालले पत्रमार्फत आफूहरू अहिले बिदाइको चरणमा रहेको पनि उल्लेख गरेका छन् ।
