मंगलवार, २८ आश्विन, २०८२

अस्थिरताको राजनीतितर्फ लागेमा नेपाली कांग्रेसलाई नै घाटा हुने

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २२ माघ, २०७९

अस्थिरताको राजनीतितर्फ लागेमा  नेपाली कांग्रेसलाई नै घाटा हुने

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष  तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरताको राजनीतितर्फ लागेमा  नेपाली कांग्रेसलाई नै घाटा  हुने चेतावनी दिएका छन् । प्रतिनिधिसभा बैठकमा आइतबार  बोल्दै एमाले अध्यक्ष ‌ओलीले कांग्रेसलाई प्रतिपक्ष मा बस्न सकस भएको तर बाध्यताले बस्नै परेको  बताए । उनले कांग्रेसको व्यवहारले  लोकतन्त्र संग मेल खाने नभएको  बताएका छन् ।  ओलीले  संसदमा बोल्दै भने, 'यतिबेला कांग्रेस पानी बिनाको माछोजस्तै छटपटाएको देखिन्छ । सत्ता बाहिर कांग्रेसले आफ्नो अस्तित्व आफैंले विश्वास गर्न नसक्ने अवस्थामा छ । सत्ता बाहिर हुँदा सत्तामा बिग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव कांग्रेससँग निकै छ ।'

अध्यक्ष ओलीले बृहत् राष्ट्रिय हितमा काम गर्नका लागि सबै राजनीतिक दल हरुनाइ आवहान  समेत गरे । 'राजनीतिक स्थायित्वका लागि योगदान गरौं । अनिश्चय र अस्थिरताको बिउ स्वयमका लागि प्रत्युपादक हुन सक्छ भन्ने बुझौं,' ओलीले  २०५२, २०५८ र २०७ सालको अनुभवहरु छन् । राष्ट्रलाई अस्थिरतातर्फ धकेल्ने चिन्तनबाट कसैको पनि  फाइदा हुँदैन ।' हित हुञ्छ त केवल धमिलो पानिमा माछा मार्ने लाइ हुञ्छ।

advertisement_1676998982.gif