बिहीबार, २८ फाल्गुन, २०८२

अध्यक्ष ओलीद्वारा निर्वाचन सम्पन्न भएकामा धन्यवाद

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २१ फाल्गुन, २०८२

अध्यक्ष ओलीद्वारा निर्वाचन सम्पन्न भएकामा धन्यवाद

२०८२ फागुन २१, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएकामा धन्यवाद ज्ञापन गरेका छन् ।

अध्यक्ष ओलीले आज सामाजिक सञ्जालमार्फत देशभर आम रूपमा शान्तिपूर्ण मतदान सम्पन्न भएकामा धन्यवाद ज्ञापन गरेका छन् ।

‘निर्वाचन सम्पन्न गरेकामा सरकार, निर्वाचन आयोग, मतदानमा सहभागी हुनुभएका सम्पूर्ण मतदाता, निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी सबैलाई धन्यवाद । निर्वाचनमा सक्रिय पार्टीका कार्यकर्ता तथा प्रतिनिधिहरूलाई पनि धन्यवाद’, उनले भनेका छन् ।

advertisement_1680627706.gif