राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २४ फाल्गुन, २०८२
२०८२ फागुन २४, बाजुरा । प्रतिनिधिसभा निर्वाचनमा बाजुराबाट नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई पराजित गर्दै गिरी विजयी भएका हुन् ।
गिरीले १७ हजार १ सय ७३ मत ल्याएर निर्वाचित बन्दा एमाले उम्मेदवार थापाले १६ हजार ६ सय ३३ मत ल्याएर पराजित भएका हुन् ।
तेस्रो भएका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रकाश शाहले ३ हजार ४ सय २८ मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हेमराज थापाले ६ हजार ३५ मत ल्याएका छन् ।