शुक्रबार, २९ फाल्गुन, २०८२

बालेन पुगे जनकपुर भोली संयुक्त सभालाई सम्बोधन गर्ने

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ५ माघ, २०८२

बालेन पुगे जनकपुर भोली संयुक्त सभालाई सम्बोधन गर्ने

२०८२ माघ ४, काठमाडौँ । जनकपुरमा माघ ५ गते हुने सभाका लागि रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) जनकपुर पुगेका छन्  रास्वपाको पहिलो चुनावी सभाका लागि बालेन आइतबार अपरान्ह जनकपुर पुगेका हुन् ।

शाह (बालेन) लाई जनकपुरधाम विमानस्थलमा भव्य स्वागत गरिएको छ । आईतबार बेलुका जनकपुरधाम आइपुगेका बालेनलाई समर्थकहरुले विमानस्थलमै पुगि भव्य स्वागत गरेका थिए । 

रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले भोली जनकपुरमा आयोजना हुने संयुक्त आम सभालाई सम्बोधन गर्न आज जनकपुर पुगेका हुन् ।  रास्वपा सभापति रवि लगायतका रास्वपाका अन्य नेताहरु भने भोली मात्रै जनकपुर जाने कार्यक्रम छ । 

वरिष्ठ नेता बालेनले आजै मात्रै काठमाडौँको मेयरको पदबाट राजीनामा दिएका थिए । 

advertisement_1676553908.gif