शुक्रबार, २९ फाल्गुन, २०८२

बालेनले दिए मेयर पदबाट राजीनामा

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ५ माघ, २०८२

बालेनले दिए मेयर पदबाट राजीनामा

२०८२ माघ ४, काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मेयर पदबाट राजीनामा दिएका छन् । रास्वपाबाट राजनीतिमा सक्रिय भएसँगै उनले काठमाडौंको मेयर पदबाट राजीनामा दिएका छन् ।

उनले उपमेयर सुनिता डंगोललाई आइतबार राजीनामा बुझाएका हुन् । उनी आगामी निर्वाचनमा रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार हुनेगरी झापा-५ मा निर्वाचन लड्दै छन् ।

मेयरबाट राजीनामा दिएर बालेन शाह बनस्थलीस्थित पार्टी कार्यालय पुगेका थिए।

त्यसक्रममा उनी करिव १० मिनेट पार्टी कार्यालयमा बसेर निस्किएका छन्। उनी आजै पार्टी सभापति रवि लामिछानेका साथमा जनकपुर प्रस्थान गर्ने कार्यक्रम रहेको छ । हाल बालेनलाई रास्वपामा वरिष्ठ नेताको पद दिइएको छ ।

advertisement_1680627706.gif