शनिबार, ३० फाल्गुन, २०८२

बालेनसँगको भेटपछि बाबुरामले भने– नयाँ र वैकल्पिक शक्तिहरू मिल्नुपर्छ

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १० पुष, २०८२

बालेनसँगको भेटपछि बाबुरामले भने– नयाँ र वैकल्पिक शक्तिहरू मिल्नुपर्छ

२०८२ पुष १०, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले पनि काठमाडौंका मेयर बालेन शाहलाई भेटेका छन् । ललितपुरको कुपण्डोलस्थित बालेनका सहयोगी कुमार बेनको घरमा दुईबीच भेट भएको हो ।

बालेनसँग भेटेर फर्केपछि बाबुरामले नयाँ र वैकल्पिक शक्तिहरू मिलेर जान सुझाएको बताए । भेटपछि उनले नयाँ र वैकल्पिक शक्ति मिलेर जानुपर्ने कुरा राखेको प्रतिक्रिया दिएका छ न्।

उनले भने,‘मैले विगत लामो समयदेखि भन्दै आएको कुरा नयाँ र वैकल्पिक शक्ति बनाएर जानुपर्छ भन्ने कुरा मैले भन्दै आएकै कुरा हो, मैले बालेनजीसँग त्यही कुरा राखेँ, नयाँ र वैकल्पिक शक्ति बनाउन तपाईंले समन्वय गर्नुस् भनेको छु ।’ बाबुरामसँगको भेटअघि बालेनले रवि लामिछाने, कुलमान घिसिङ, सुनिल शर्मा, ज्ञानेन्द्र शाही, सुधन गुरुङलगायतसँग भेट गरेका थिए ।

advertisement_1676553908.gif