शनिबार, ३० फाल्गुन, २०८२

बयानका लागि जाँचबुझ आयोग पुगे रमेश लेखक

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १४ पुष, २०८२

बयानका लागि जाँचबुझ आयोग पुगे रमेश लेखक

२०८२ पुष १४, काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक बयानका लागि सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका छन् । भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा गृहमन्त्री रहेका लेखकसँग आयोगले बयान लिन लागेको हो ।

जेनजी आन्दोलनका क्रममा घटेका घटनाका छानबिनका लागि गठित जाँचबुझ आयोगमा बयान दिन उनी सिंहदबारस्थित आयोगको कार्यालय पुगेका हुन् ।

केही दिनअघि आयोगले पत्र काटेर लेखकलाई बयानका लागि बोलाएको थियो । जेनजी आन्दोलनका क्रममा उनी गृहमन्त्री थिए ।

advertisement_1680627706.gif