राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २८ माघ, २०८२
२०८२ माघ २७,काठमाडौं । नेकपा-एमाले प्रतिनिधिसभाको लागि आफ्नो चुनावी घोषणापत्र तयार गर्न सुझाव सङ्कलन गर्न थालेको छ । केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले पार्टीले पार्टी संगठन, जनसंगठन र विभिन्न क्षेत्रबाट प्रत्यक्ष कार्यालय भ्रमण र इमेल मार्फत सुझाव लिइरहेको बताए ।
उनका अनुसार यी सुझावहरूलाई समेटेर अन्तिम मस्यौदा तयार गरिनेछ । फागुनको पहिलो हप्ता घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ । एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति गठन गरेको छ ।
समितिमा उपाध्यक्षहरू रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शंकर पोखरेल र नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन् ।