राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २३ फाल्गुन, २०८२
२०८२ फागुन २३, काठमाडौँ । चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् । उनी यसअघिका भन्दा धेरै मत लिएर वियजी भएका हुन्। शनिबार प्राप्त मत परिणाममा उनले ५४ हजार ४०२ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा जम्मा मत ८७ हजार ०२८ मत गणना भएको थियो। लामिछानेका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरेकी छन् ।
लामिछाने र खरेलबीचको मतान्तर ३९ हजार ८३८ छ। चितवन-२ मा नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९९२, नेकपाका प्रताप गुरुङले ४ हजार ९६९ मत प्राप्त गरेका छन् ।
लामिछाने २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा यसै क्षेत्रबाट ३४ हजार २ सय ८१ मतान्तरसहित निर्वाचित भएका थिए। त्यतिखेर उनका निकटतम प्रतिद्वन्द्वि नेपाली कांग्रेसका उमेश श्रेष्ठ थिए ।