मंगलवार, २८ आश्विन, २०८२

चितवन दुइ मा वैशाख १० मा उपनिर्वाचन हुने

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २९ माघ, २०७९

चितवन दुइ  मा  वैशाख १० मा उपनिर्वाचन  हुने

रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएसँगै सांसद पद रिक्त भएको चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० मा उपनिर्वाचन गरिने निर्वाचन आयोगले जनाएको छ। आइतबार बसेको निर्वाचन आयोगको बैठकले वैशाख १० गते आइतबार गर्ने गरी उपनिर्वाचनको मिति घोषणा गरेको हो ।
मंसिरमा भएको प्रतिनिधि सभाको निर्वाचनमा  रास्वपा का सभापति समेत रहेका  रबि लामिछानेले  प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका थिए । लामिछानेले ४९ हजार २६१ मत ल्याउँदा श्रेष्ठले १५ हजार ९९ मत ल्याएका थिए। एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत मात्रै ल्याएका थिए । उता उमेश श्रेष्ठ ले रबि लामिछाने पद मुक्त भएपछी आफुले संसद पद पाउनु पर्ने भन्दै हिडिरहेका छन् भने रास्वपा ले छिटो निर्वाचन हुनुपर्ने माग गर्दै आएको छ। 

advertisement_1676553908.gif