राष्ट्रिय सन्देश संबाददाता, आईतवार, ६ पुष, २०८२
२०८२ पुष ०६, काठमाडौं । सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी रिहा भएका छन् । सहकारी ठगी प्रकरणमा कारगारमा रहेका तत्कालीन गोर्खा मिडियाका सञ्चालक जोशी रिहा भएका हुन् ।
थुनाबाहिर बस्न पाउनुपर्ने मागसहित जोशीले दिएको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत बुटवलले मिसिल पुनः जिल्ला अदालतमा फिर्ता पठाउने आदेश दिएको थियो । आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डिल्लिराम शर्मा अर्यालको इजलासले उनीसँग धरौटी माग गर्ने आदेश गरेको हो ।
उक्त आदेशपछि आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डिल्लिराम शर्मा अर्यालको एकल इजलासले जोशीसँग धरौटी माग गर्ने आदेश दिएको हो । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा संगठित अपराध अभियोगमा जोशी थुनामा थिए ।