शनिबार, ३० फाल्गुन, २०८२

एमाले अध्यक्ष केपी शर्मा ओलीको स्थान हद फुकुवा

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २१ पुष, २०८२

एमाले अध्यक्ष  केपी शर्मा ओलीको स्थान हद फुकुवा

पुष २१, २०८२ काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ।सोमबार जेनजी आन्दोलनका घटनाको छानबिन तथा जाँचबुझ आयोगले ओलीलाई तोकेको स्थान हद फुकुवा गरेको बताएको छ।

आयोग गठन हुने बित्तिकै विभिन्न उच्चपदस्थ व्यक्तिहरुलाई विदेश जान र अनुमतिबिना काठमाडौं छोड्न रोक लगाएको थियो।जेनजी घटनाका बारेमा सोधपुछ जस्ता कार्यहरु गरेर सम्पन्न भएकाले ओलीलाई स्थानहद फुकुवा भएको आयोगले जनाएको छ।

गत भदौ २३ र २४ गते घटनासम्बन्धी गठित जाँचबुझ आयोगले घटनाको  सोधपुछ गर्नुपर्ने भएकोले  ओलीलाई उपत्यका छाड्न र विदेश जान रोक लगाएको थियो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले जाच बुझ आयोगको बैधता माथि  प्रश्न उठाउदै बयान नदिने बताइरहेका बेला आयोगका पदाधिकारीहरु उनलाई पत्र बुझाउन  ओली निवास गुन्डु पुगेका बेला ओलीले लिखित जवाफ दिएर पठाएको बताइएको छ। 

advertisement_1676551646.gif