शुक्रबार, २९ फाल्गुन, २०८२

एमाले अध्यक्ष ओली आज झापाका ११ कार्यक्रममा सहभागी हुँदै

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २९ माघ, २०८२

एमाले अध्यक्ष ओली आज झापाका ११ कार्यक्रममा सहभागी हुँदै

२०८२ माघ २८, झापा । नेकपा (एमाले)का अध्यक्ष एवं झापा क्षेत्र नं ५ का उम्मेदवार केपी शर्मा ओलीले आज झापाको पूर्वी गौरादहका ११ ठाउँमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्दैछन् ।

पार्टीको गौरादह नगर कमिटीले दिएको जानकारी अनुसार बिहान ११ बजे गौरादहको चारालीबाट सुरु हुने कार्यक्रम अपरान्ह ५ बजे जयबहादुर अधिकारी टोलमा पुगेर समापन हुनेछ । पार्टीले दिएको जानकारी अनुसार ११ः४५ बजे पेट्रोलपम्पमा, दिउँसो १२ः३० बजे डिठा चौकमा, १ बजे हाँसखोरामा मतदातासँग भेटघाट कार्यक्रम राखिएको छ ।

यसैगरी, दिउँसो १ः३० बजे मादलडाँडा हुँदै पुरानो ग्वालडुब्बा, २ बजे ठकठकेमा कार्यक्रम राखिएको छ ।

यस्तै २ः३० बजे बैराती, ३ बजे जुरोपानी र ३ः३० बजे ग्वालडुब्बामा भेटघाट राखिएको छ । अपरान्ह ४ः१५ बजे जामबाडी र ४ः४५ बजे जयबहादुर अधिकारीको टोलमा कार्यक्रम राखिएको नगर कमिटी अध्यक्ष गजेन्द्र घिमिरेले जानकारी दिए ।

अध्यक्ष ओलीले टोलटोलमा आयोजना गरिएका भेटघाटमा मतदाताका समस्या सुन्ने त्यसलाई सम्बोधनको प्रतिबद्धता जनाउनेछन् । अध्यक्ष ओलीसँगको साक्षात्कारमा मतदाताले स्थानीय क्षेत्रमा भएका भौतिक, शिक्षा र स्वास्थ्यका असुविधाहरुलाई बढी उठाउने गरेका छन् ।

अध्यक्ष ओलीले हिजो पश्चिम गौरादहका बालबथानदेखि स्कूलचौनसम्मका १० ठाउँमा मतदातासँग भेटघाट गरेका थिए ।

advertisement_1676553851.gif