राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ७ पुष, २०८२
२०८२ पुष ०७, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन् ।
एमालेको ११औं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्ष चुनिएपछि ओली पहिलो पटक सभापति देउवालाई भेट्न उनकै निवास महाराजगञ्ज पुगेका हुन् ।
अहिले अध्यक्ष ओली र सभापति देउवाबीच भेटवार्ता भइरहेको छ। यसअघि मंसिर १९ गते पनि सभापति देउवा र ओलीबीच भेटवार्ता भएको थियो । गत साता सम्पन्न महाधिवेशनपछि तेस्रो पटक पार्टी नेतृत्वमा आएका ओलीले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् ।
संसद् पुनःस्थापनाको मुद्दामा कांग्रेस र एमाले एकै धारमा उभिएका छन्।