शुक्रबार, २९ फाल्गुन, २०८२

एमालेको झणडा जलाएको बिरोधमा राष्ट्रिय युवा संघले जलाए बालेनको पुत्ला

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ८ फाल्गुन, २०८२

एमालेको झणडा जलाएको बिरोधमा राष्ट्रिय युवा संघले जलाए बालेनको पुत्ला

२०८२ फागुन ०८, काठमाडौं । नेकपा एमालेका युवा विद्यार्थीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन (बालेन्द्र शाह) को पुत्ला जलाएका छन् । बिहीबार रास्वपा कार्यक्रमका क्रममा दाङ एमालेको झण्डा जलाएको विरोधमा उनीहरूले शुक्रबार काठमाडौंमा बालेनको पुत्ला जलाएका हुन् । 

अनेरास्ववियुले आरआर क्याम्पस परिसरबाट जुलुस सुरु गरेको थियो । उक्त घटना लोकतान्त्रिक अभ्यास, राजनीतिक सहिष्णुता तथा सामाजिक सद्भावमाथि असर पार्ने गतिविधिका रूपमा रहेको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको हो ।

एमालेले आफ्नो झण्डा जलाउने कार्यमा रास्वापाका नेता-कार्यकर्ता संलग्न रहेको आरोप लगाएको छ । तर, रास्वापाले उक्त आरोप अस्वीकार गर्दै घटनामा आफ्नो संलग्नता नरहेको जनाएको छ ।

अनेरास्ववियुले घटनाको निष्पक्ष छानबिन गरी जिम्मेवार व्यक्तिमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

advertisement_1680627706.gif