सोमबार, ११ कार्तिक, २०८२

एमालेको लगातार संंसदको अवरोध एक साता लम्बियो

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १७ श्रावण, २०८०

एमालेको लगातार संंसदको अवरोध एक साता लम्बियो

काठमाडौं। सुन प्रकरणमा उच्च स्तरीय छानविन समितिको माग गरिरहेको नेकपा एमालेले संसद अवरोध खुलाउन सहमति दिन अस्वीकार गरेपछि एक साताका लागि सूचना टाँस गरेर बैठक स्थगित गरिएको छ ।

मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी २२ साउनलाई सारिएको हो ।

एमालेले छानविन समिति गठनको माग गरेपनि सत्ता पक्षले अनुसन्धान चलिरहेकाले यसलाई प्रभावित पार्ने गरि समिति गठन गर्न नसकिने अडान राखिरहेको छ ।

निष्पक्षतामा विश्वास गर्ने आधार के भन्ने प्रश्नहरुको जवाफ दिन नसक्दा पनि समिति गठनको विषयमा आलोचना हुन थालेको छ ।

advertisement_1676551694.gif