बिहीबार, २८ फाल्गुन, २०८२

एमालेका उम्मेदवार क्षितिज थेवे निर्वाचित

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २३ फाल्गुन, २०८२

एमालेका उम्मेदवार क्षितिज थेवे निर्वाचित

२०८२ फागुन २३, काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा एमालेका उम्मेदवार क्षितिज थेवे निर्वाचित भएका छन् । नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याहाङलाई २ हजार २ सय ५१ मतले पछि पार्दै थेवे निर्वाचित भएका हुन् । 

अन्तिम मतपरिणाम अनुसार थेवेले १३ हजार ९ सय ६२ मत प्राप्त गर्दा तुम्याहाङले ११ हजार ७ सय ११ मत प्राप्त गरेका छन्। यससँगै थेवे कोशी प्रदेशबाट निर्वाचित हुने एमालेका पहिलो सांसद बनेका छन् ।

यसैगरी नेकपाका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्री ६ हजार ७ सय ७५ मतसहित तेस्रो स्थानमा रहे। श्रम संस्कृति पार्टीका सन्तोष राईले ५ हजार २ सय ९ मत प्राप्त गर्दै चौथो स्थान हासिल गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीका बिरेन्द्र श्रेष्ठ ४ हजार १ सय ५५ मतसहित पाँचौं स्थानमा सीमित भए ।

advertisement_1676551537.gif