राष्ट्रिय सन्देश संबाददाता, बुधबार, १६ पुष, २०८२
२०८२ पुष १६, काठमाडौँ । नेकपा (एमाले) का नेता वासुदेव घिमिरेले पार्टी परित्यागको घोषणा गरेका छन् । उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै आफू आजको दिनदेखि पार्टीको जिम्मेवारीबाट अलग भएको जानकारी गराएका हुन् ।
उनले भनेका छन्- अहिले आम जनताको चाहना सुशासन, विकास, सम्वृद्वीका साथै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रुपान्तरण पनि हो । देशको आवश्यकता, इतिहासको गति र आम नागरिकको अपेक्षालाई सम्बोधन गर्नु अहिलेको मुख्य कार्यभार हो । देश प्रतिको अविचलित निष्ठा ,सुशासन, विकास र सम्वृद्वी राजनीतिको अनिवार्य शर्त हो ।
पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको ईच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले आजको दिन देखि म संगल्न रहेको पार्टीको जिम्मेवारी देखि अलग रहेको छु ।'
उनले सुशासन, विकास, रोजगारीका साथ मुलुकलाई सम्वृद्वीको यात्रामा अघि वढाउने अभियानमा ईमान र निष्ठाका लागिरहने बताएका छन् ।
घिमिरे पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग निकट थिए । रूपन्देही क्षेत्र नम्बर ५ मा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित घिमिरे त्यसयता पनि बालेनसँग निरन्तर सम्पर्कमा थिए ।
