शनिबार, ३० फाल्गुन, २०८२

एमालेसहित माओवादी र नेपाली कांग्रेसको प्रतिबद्धता, सबै दल चुनावमा जान तयार भएका छौं

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १२ पुष, २०८२

एमालेसहित माओवादी र नेपाली कांग्रेसको प्रतिबद्धता, सबै दल चुनावमा जान तयार भएका छौं

२०८२ पुष १२, काठमाडौँ । आउँदो फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरु तयार भएका छन् ।

आज शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरुले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

बैठकपछि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भने, ‘सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ। कांग्रेस पनि रेडी छ। एमाले पनि रेडी छ । अरु दल पनि रेडी छ  । सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ  ।’

बैठकमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरे ।

advertisement_1676998982.gif