शुक्रबार, २९ फाल्गुन, २०८२

एमाले उपाध्यक्ष विष्णु पौडेललाई रुपन्देही-२ बाटै उम्मेदवार बनाउने निर्णय

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ५ माघ, २०८२

एमाले उपाध्यक्ष विष्णु पौडेललाई रुपन्देही-२ बाटै उम्मेदवार बनाउने निर्णय

२०८२ माघ ४, काठमाडौँ । नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई रुपन्देही-२ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ । सचिवालय बैठकले रुपन्देही-२ खाली राखेर उनलाई पाल्पा-२ मा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

‘पार्टीले बिष्णुप्रसाद पौडेललाई रुपन्देही–२ कै उम्मेदवार बनाएको छ,’ लुम्बिनी इन्चार्ज रहेकी सचिव पद्या अर्यालले भनिन् । बिष्णु पौडेल रुपन्देही–२ बाट चुनाव लड्न निश्चित भएपछि रुपन्देहीका पाँचै क्षेत्रका उम्मेदवार निश्चित भएको छ ।

रुपन्देही–१ दधिराम न्यौपाने, रुपन्देही–२ विष्णुप्रसाद पाडैल, रुपन्देही–३ बाट बासुदेव घिमिरे, रुपन्देही–४ बाट सुनिता थथेर र रुपन्देही–५ बाट खिमलाल भट्टराई उम्मेदवार टुंगिएको हो ।

advertisement_1676553908.gif