बिहीबार, २८ फाल्गुन, २०८२

गृहमन्त्री अर्यालले तोडाए ‘जेन जेड’ युवाहरूको अनशन

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १३ फाल्गुन, २०८२

गृहमन्त्री अर्यालले तोडाए ‘जेन जेड’ युवाहरूको अनशन

२०८२ फागुन १३, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखी आमरण अनशनरत घाइते जेन  जेड युवाहरूको अनशन तोडाएका छन् ।

माइतीघरमा विभिन्न माग राखी विजय अधिकारीको संयोजकत्वमा पाँच दिनदेखि अनशनरत लोकराज उपाध्याय, स्मृति राई र अशोक घोरासैनीलाई आज बुधबार साँझ जुस पिलाएर गृहमन्त्री अर्यालले अनशन तोडाएका हुन् । 

सो अवसरमा गृहमन्त्री अर्यालले परिवर्तन, सुशासन कायम र मुलुकमा दिगो शान्ति तथा स्थिरताको पक्षमा आफू सधैँ प्रतिबद्ध रहेको बताउँदै उक्त अभियानमा सबैको साथ जरुरी भएको उल्लेख गरे । 

advertisement_1676551646.gif