बिहीबार, २८ फाल्गुन, २०८२

गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २५ फाल्गुन, २०८२

गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी

२०८२ फागुन २५, काठमाडौँ । गोरखा क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुधन गुरुङ निर्वाचित भएका छन् ।

उनले २९ हजार ८९६ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत ल्याएका छन् ।

नेकपाका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गरे ।

advertisement_1676551537.gif