शुक्रबार, २९ फाल्गुन, २०८२

गगन थापाले बोलाए कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ४ माघ, २०८२

गगन थापाले बोलाए कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

२०८२ माघ ३, काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको केन्द्रीय समिति बैठक बोलाएका छन् । निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि थापाले बैठक बोलाएका हुन् ।

बैठक नयाँ बानेश्वरस्थित एक ब्याङ्क्वेटमा आज बिहान ११ः३० बजे बस्ने बताइएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी कदमबारे छलफल हुने बताइएको छ ।

शनिबार बस्न लागेको केन्द्रीय समितिको बैठक दोस्रो हो । यसअघि बिहीबार ललितपुरको कुपन्डोलमा पहिलो केन्द्रीय कार्यसमिति बैठक बसेको थियो ।

advertisement_1676553851.gif