बिहीबार, २८ फाल्गुन, २०८२

गगनलाई राजीनामा नदिन चन्द्र भण्डारीको सुझाव

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २६ फाल्गुन, २०८२

गगनलाई राजीनामा नदिन चन्द्र भण्डारीको सुझाव

२०८२ फागुन २६, काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा नदिन सुझाव दिएका छन् । प्रतिनिधिसभामा निर्वाचनमा ठूरो पराजय भोगेपछि राजीनामा दिने मनस्थितिमा पुगेका थापालाई नेता भण्डारीले राजीनामा नदिनु भनि सुझाव दिएका हुन् ।

राजीनामा अहिलेको विकल्प नभएको र नियमित महाधिवेशनतर्फ अग्रसर हुनुपर्ने भण्डारीको धारणा छ ।

‘अधिवेशनका लागि बनेको कांग्रेसको चुनाव नियमित थिएन । त्यसैले गगनकुमार थापाले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो । अहिलेको अवस्थामा कांग्रेस बचाउनु आफैमा एक नैतिक दायित्व हो । आजको कटु यथार्थ के हो भने—युवाहरूले कांग्रेसलाई छोड्दै गएको समय हो। यस्तो बेला पार्टीलाई औषधि खुवाउनुपर्ने हुन्छ, छोडेर हिँड्न हुँदैन,’ उनले भनेका छन् ।

नैतिकता त नेपाली राजनीतिमा प्रायः मरिसकेको अवस्था रहेको भन्दै अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ विरुवा रोप्नैपर्ने उनको धारणा छ ।

‘समस्या देखेर भाग्नु होइन, उपचार गरेर संगठन जोगाउनु नै साँचो नेतृत्वको कर्तव्य हो । नेपाली कांग्रेसलाई बचाउने लडाईंआज पनि सम्भव छ यदि इच्छाशक्ति र साहस छ भने,’ उनको भनाइ छ ।

कांग्रेस सभापति थापाले सोमबार उपसभापति विश्वप्रकाश शर्मासँग पनि राजीनामा बारे परामर्श गरेका थिए। शर्माले पनि अहिलेको अवस्थामा राजीनामा नदिन सुझाएका थिए ।

advertisement_1772818633.jpg