बिहीबार, २८ फाल्गुन, २०८२

गगनले ल्याए सर्लाही-४ का लागि छुट्टै चुनावी प्रतिज्ञापत्र (पूर्णपाठ)

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ११ फाल्गुन, २०८२

गगनले ल्याए सर्लाही-४ का लागि छुट्टै चुनावी प्रतिज्ञापत्र (पूर्णपाठ)

२०८२ फागुन ११, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही-४ का लागि आफ्नो चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन् । सोमबार थापाले सर्लाही ४ का लागि छुट्टै प्रतिज्ञापत्र ल्याएका हुन् । थापाले ९ बुँदे ‘मेरो प्रतिज्ञा, मेरा अभियान’ सार्वजनिक गरेका छन् । जसमा विभिन्न समुदायका नागरिकसँग छलफलपछि स्थानीय समस्या समाधानका लागि योजना तयार गरिएको उनले बताएका छन् ।

स्थानीय नागरिकबाट पुल निर्माण, बाँध मर्मत, डुबान नियन्त्रण, सडक, नहर, ढल निकास, खानेपानी, सिँचाइ, कृषि भण्डारण लगायतका समस्या बारम्बार उठेको उल्लेख गर्दै उनले संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कापी कलम अभियान,सबल छोरी अभियान,स्वस्थ नागरिक अभियान,कृषि उत्थान, किसान गौरव अभियान,मिसन रोजगारी अभियान, दशगजा उज्यालो अभियान कार्यक्रम सञ्चालन गर्ने योजना त्‍सस्‍तै महिलाका लागि सहुलियत कर्जा, घरेलु हिंसा र बालविवाह विरुद्ध अभियान, दलित समुदायका लागि शिक्षा र रोजगारी कार्यक्रम तथा स्थानीय भाषा, कला, संस्कृति र धार्मिक स्थल संरक्षणका कार्यक्रम पनि प्रतिज्ञा पत्रमा समेटेका छन् ।

यसैगरी, मुसहर, चमार, डोम, पासवान, खत्वे लगायतका दलित समुदायमा भएको असमानताको अन्त्य गरी दलित समुदायको उत्थानका लागि थापाले ‘दलित अधिकार, समता र न्याय अभियान’को अवधारणा अघि सारेका छन् ।  थापाले मतदातालाई सम्बोधन गर्दै मधेसको माटो लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण आधार भूमि रहेको उल्लेख गरेका छन् ।

थापाले स्थानीय नागरिकबाट पुल निर्माण, बाँध मर्मत, डुबान नियन्त्रण, सडक, नहर, ढल निकास, खानेपानी, सिँचाइ, कृषि भण्डारण लगायतका समस्या बारम्बार उठेको उल्लेख गर्दै उनले संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले विभिन्न नौ ओटा अभियानलाई बुँदागत रूपमा समेट्दै प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन् ।

 

Download the PDF
advertisement_1676551537.gif