राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ८ पुष, २०८२
२०८२ पुष ०८, काठमाडौं । जेनजी आन्दोलनमा घटेका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ । आयोगले पत्र पठाएर लेखकलाई बयानमा बोलाएको हो ।
आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार मंगलबार लेखकलाई पत्र पठाइएर आयोगमै सात दिनभित्र उपस्थित भई बयान दिन भनिएको छ ।
आन्दोलनका क्रममा प्रशासनिक तथा सुरक्षा निकायको नेतृत्वमा रहेकाहरूको बयान लिने प्रक्रिया सकिएपछि आयोगले राजनीतिक नेतृत्वको बयान लिन सुरु गरेको जनाएको छ । यसैक्रममा पूर्वगृहमन्त्री लेखकलाई पत्र पठाइएको हो ।
आयोगले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि बयानका लागि पत्र पठाउने तयारी भइरहेको जानकारी दिएको छ ।