शुक्रबार, २९ फाल्गुन, २०८२

जनकपुर पुगेर बालेनले लिए झापा-५ को टिकट

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ६ माघ, २०८२

जनकपुर पुगेर बालेनले लिए झापा-५ को टिकट

२०८२ माघ ५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन साहले झापा–५ को प्रतिनिधिसभा सदस्यको टिकट लिएका छन् ।

सोमबार जनकपुरमा आयोजित चुनावी सभाको क्रममा सभापति रवि लामिछानेको हातबाट बालेनले टिकट लिएका हुन् । बालेनले जनकपुरमा आयोजित रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन समेत गरेका थिए ।

बालेनले आइतबार काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर चुनावी तयारीमा जुटेका हुन् ।

advertisement_1676553851.gif