राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १३ पुष, २०८२
२०८२ पुष १३, काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा) बीच एकीकरण गर्ने सहमती भएको छ । आइतबार राति काठमाडौँमा बसेको दुवै दलका शीर्ष नेताहरूको संयुक्त बैठकले एकीकरणको निर्णय गरेको हो ।
जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरले संघीयता, पहिचान, समानुपातिक समावेशिता, समाजिक न्याय लगायतको अग्रगामी परिवर्तनका मुद्दाहरुलाई मजबुत गर्दै पार्टी एकीकरण गरेको विज्ञप्ति जारी गरेका छन् ।
बैठकमा दुवै पार्टीका पदाधिकारीहरू सहभागी थिए। सहमति अनुसार मिति २०८२ पौष १३ गते आज सम्पन्न बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको समीक्षा तथा विश्लेषण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्ने बताइएको छ ।
संघीयता, पहिचान, समानुपातिक समावेशिता र सामाजिक न्यायजस्ता मुद्दालाई थप मजबुत बनाउँदै न्यायपूर्ण समाज निर्माणका लागि दुवै दल एक भएर अघि बढ्ने निर्णय गरिएको सहमतिमा उल्लेख छ।
‘दुवै पार्टीका पदाधिकारीहरुको काठमाडौंमा बसेको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन तथा विश्लेषण गरी पार्टी एकीकरण गर्ने सहमती भएको विज्ञप्तिमा उल्लेख छ ।
