बिहीबार, २८ फाल्गुन, २०८२

झापा- १ मा रास्वपाकी उम्मेदवार निशा डाँगी विजयी

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २३ फाल्गुन, २०८२

झापा- १ मा रास्वपाकी उम्मेदवार निशा डाँगी विजयी

२०८२ फागुन २३, काठमाडौँ । झापा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार निशा डाँगी विजयी भएकी छन् ।

उनी ४५ हजार ६८० मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० पाए ।

यस्तै श्रमसंस्कृति पार्टीका केवलराम राईले १० हजार ४ मत ल्याउँदा एमालेका रामचन्द्र उप्रेतीले ७ हजार ६५९, राप्रपाका हेमराज कार्कीले १६१२, मंगोल नेशनल अर्गनाइजेसनका सन्तोष तामाङले ९७१ मत ल्याए ।

advertisement_1676551537.gif