राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १७ पुष, २०८२
२०८२ पुष १७,काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीले घोषणा गरेको नियमित महाधिवेशन स्थगन भएको बताएका छन्। नियमित महाधिवेसन स्थंग गरि अब विशेष महाधिवेशनमा जाने उनीहरूको भनाइ रहेको छ।
महामन्त्रीद्वयले एक विज्ञप्ति जारी गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा दर्ता गराएको मागलाई सम्बोधन गर्ने पहिलो विकल्प नियमित महाधिवेशन भए पनि त्यो हुन नसकेको बताएका छन्।
नियमित महाधिवेशन निर्धारित समयमा सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि विशेष महाधिवेशन नै अघि आएको विज्ञप्तिमा उल्लेख छ ।पार्टी विधानको दफा १७ २ अनुसार विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी भएको उल्लेख गरिएको छ। उनीहरुले बिशेष महाधिवेशनको लागि हाल बुकिङ्ग गरेको बताइएको छ।