राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ६ माघ, २०८२
२०८२ माघ ५, पाल्पा । नेपाली काङ्ग्रेसले पाल्पा क्षेत्र नं २ मा हिमालदत्त श्रेष्ठलाई उम्मेद्वार बनाएकाे छ । नेपाली काङ्ग्रेसले आगामी निर्वाचनका लागि उनलाई टिकट दिएको हो ।
हाल जिल्ला सभापति रहनुभएका श्रेष्ठ गगन थापा सभापति बनाउने विशेष महाधिवेशनमा खुलेर थापाकाे पक्षमा लागेका थिए ।
वर्तमान प्रदेशसभा सदस्य वीरबहादुर राना, काङ्ग्रेस नेतृ महेश्वरी कुवर र कृष्णप्रसाद बस्यालकाे नाम जिल्लाले उम्मेदवारका लागि सिफारिस गरेकाे थियाे ।