शुक्रबार, २९ फाल्गुन, २०८२

काठमाडौं-३ मा कुलमानले दर्ता गराए उम्मेदवारी

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ७ माघ, २०८२

काठमाडौं-३ मा कुलमानले दर्ता गराए उम्मेदवारी

२०८२ माघ ६, काठमाडौँ । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष  कुलमान घिसिङले उम्मेदवारी दर्ता गराएका छन् । उनले केहीबेर अघि काठमाडौं क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराएका हुन् ।

मनोनयन दर्तापछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले भने,‘नेपाली जनताले माया गर्नुभएको छ । विश्वास गर्नुभएको छ । त्यसैले मलाई विश्वास गर्नुहुन्छ, जिताउनुहुन्छ भन्ने कुरामा पूर्ण विश्वास छ । सबैले जित्छु भन्ने सम्भावना बोकेर नै आउनुहुन्छ । उहाँहरुलाई शुभकामना दिनुपर्छ । तर मलाई यो क्षेत्रबाट अत्याधिक मतले जनताले जिताएर पठाउनुहुन्छ भन्ने पूर्ण विश्वास छ ।’

नले आफूलाई क्षेत्र नम्बर ३ का जनताले धेरै माया र विश्वास गर्ने बताउँदै भारी मतकासाथ आफूले जित हासिल गर्ने दाबी गरे ।

advertisement_1772818633.jpg