राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, २२ फाल्गुन, २०८२
२०८२ फागुन २२, काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ क्षेत्र नम्बर–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शिशिर खनाल निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार खनालले आफ्ना प्रतिस्पर्धीहरूलाई भारी मतान्तरले पराजित गरेका हुन् । उनको जितको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।
शिशिर खनालले नेपाली कांग्रेसका उम्मेदवार भन्दा २१ हजार ७२ मतको विशाल अन्तरले जित हासिल गरेका हुन् । उनले २७ हजार ७ सय १९ मत पाउँदा कांग्रेसले ६ हजार ६ सय ४७ मत र एमालेले ४ हजार ३ सय ७३ मत पाएका छन् । उनको औपचारिक रुपमा विजयी घोषणा हुन भने बाँकी छ ।