मंगलवार, २८ आश्विन, २०८२

लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरुको सपथ आज

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २९ माघ, २०७९

लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरुको सपथ आज

लुम्बिनी प्रदेश सरकारको हिजो बिस्तार भएका मन्त्रीहरुको सपथ आज हुने बताइएको छ । शनिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले सत्ता साझेदार  दलका सात जना  मन्त्रीलाई नियुक्त गर्नुका साथै मन्त्रीहरुको कार्य विभाजन गरेका हुन् ।
पुस २७ गते बनेका दुइ  जना सहित नौ  जनालाई मन्त्रालयको कार्य विभाजन गरिएको हो  । मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (९) अनुसार मन्त्रीहरुको नियुक्ति र कार्य विभाजन गरेको प्रदेश प्रमुखको कार्यालयको विज्ञप्तिमा उल्लेख छ  ।पुनर्गठित मन्त्रिपरिषदमा एमालेबाट ४ जना, माओवादी केन्द्रबाट ३ जना तथा राप्रपा र जनमत पार्टीबाट एक–एक जना नियुक्त भएका छन् ।
जनाय कार्य विभाजनमा  माओवादी केन्द्रका जोखबहादुर महरा आर्थिक मामिला मन्त्रालय,नेकपा एमालेका चेतनारायण आचार्य खानेपानी,ग्रामीण तथा शहरी विकास मन्त्रालय, माओवादी केन्द्रका इन्द्रजित थारु भैतिक पुर्वाधार विकास मन्त्रालय, एमालेका विष्णुप्रसाद पन्थीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

advertisement_1744958411.jpg