सोमबार, ११ श्रावण, २०८३

लुम्बिनी प्रदेशमा कांग्रेसका मन्त्रीहरूले बुझाए राजीनामा

राष्ट्रिय सन्‍देश संबाददाता, ९ घण्टा पहिले

लुम्बिनी प्रदेशमा कांग्रेसका मन्त्रीहरूले बुझाए राजीनामा

२०८३ साउन १०, बुटवल। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच नयाँ सत्ता साझेदारीको सहमति भएपछि लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन् ।

कांग्रेसबाट सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज), सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना, उद्योग पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने र वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवारले आफ्नो राजीनामा पत्र दलको कार्यालयमा बुझाएका हुन् ।

कांग्रेस प्रमुख सचेतक जमुना ढकालका अनुसार पाँचैजना मन्त्रीका राजीनामा प्राप्त भइसकेका छन् र भोलि (सोमबार) औपचारिक रूपमा मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाइनेछ ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा हाल ८३ सांसद कायम रहेका छन्। यसअघि एमाले र कांग्रेसको संयुक्त सरकार रहेकोमा, २७ सांसदसहितको कांग्रेस बाहिरिएसँगै १३ सांसद रहेको नेकपा सरकारमा भित्रिएको छ । अब बन्ने नयाँ समीकरणका लागि एमाले (२९) र नेकपा (१३)लाई बहुमत पुर्याउन साना दल वा स्वतन्त्र सांसदको साथ आवश्यक पर्छ ।

advertisement_1676551537.gif