मंगलवार, २८ आश्विन, २०८२

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको निर्वाचन आज

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २५ माघ, २०७९

लुम्बिनी प्रदेशमा  राष्ट्रिय सभा सदस्यको   निर्वाचन आज

लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य को लागि आज निर्वाचन  हुदैँछ ।जसमा  नेकपा एमालेको तर्फबाट कुमार दसौदी  , नागरिक उन्मुक्ति पार्टी को तर्फ बाट राजेन्द्रवीर राय र नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्यकोको  गरी तीन जना उम्मेदवारहरू  चुनावी प्रतिस्पर्धामा छन्।   
प्रदेश निर्वाचन कार्यालय दाङ्ग का अनुसार मतदान बिहान १० बदेदेखि दिउँसो ३ बजेसम्म चल्नेछ भने मतदान दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा हुनेछ ।
तत्कालीन एमाले सांसद खिमलाल भट्टराईले  प्रतिनिधि सभामा रुपन्देही पाच बाट उम्मेद्वारी दिनको लागि राष्ट्रिय सभाको सदस्य बाट राजीनामा दिए पछि उक्त प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य पद रिक्त हुन पुगेको थियो तथापि उनले प्रतिनिधि सभामा पनि बिबिध कारणले टिकट पाएका थिएनन । उक्त रिक्त पदमा आज निर्वाचन हुन लागेको हो  ।

advertisement_1676553908.gif