राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २३ फाल्गुन, २०८२
२०८२ फागुन २३, काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार तोसिमा कार्की निर्वाचित भएकी छन् । उनले ४३ हजार ९६ मत प्राप्त गर्दै ३४ हजार ५१ मतान्तरले विजय हासिल गरेकी हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत ल्याउँदा नेकपाका राजकाजी महर्जनले ६०२२ मत प्राप्त गरे ।
त्यस्तै, नेकपा एमालेका सन्दन थापा मगरले ३२९७ मत प्राप्त गर्दा राप्रपाका सबिनकुमार खड्काले २०३७ मत ल्याए । यसैगर श्रम संस्कृति पार्टीका ऋतुवर्तन राई १४७२ मत प्राप्त गर्दा उज्यालो नेपाल पार्टीका विजय पन्तले १३२० मत ल्याए ।