शुक्रबार, २९ फाल्गुन, २०८२

लमजुङमा गरे एक स्वतन्त्रसहित १२ जना उम्मेदवारी दर्ता

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ७ माघ, २०८२

लमजुङमा गरे एक स्वतन्त्रसहित १२ जना उम्मेदवारी दर्ता

२०८२ माघ ६, लमजुङ । प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङमा एक स्वतन्त्रसहित १२ जनाको उम्मेदवारी दर्ता गराएका छन् । एकमात्र निर्वाचन क्षेत्र भएको लमजुङमा १२ जनाले उम्‍मदेवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले उपलब्ध गराएको विवरण अनुसार उम्मेदवारी दर्ता गर्नेहरुा राप्रपाका केबिन्द्रजंग गुरुङ, श्रम संस्कृति पार्टीका कोषलाल गुरुङ र नेपाली कांग्रेसका गमप्रसाद गुरुङ छन् । यसैगरी नेपाल मजदुर किसान पार्टीबाट गुजेश्वरी प्रजापति मगजु, राष्ट्रिय स्वतन्त्र पार्टीबाट धर्मराज केसी, एमालेबाट पृथ्वीसुव्वा गुरुङले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

नेशनल रिपब्लिक नेपालका भरत गुरुङ, जनादेश पार्टी नेपालका मिलन बास्कोटा, नेपाल कम्युनिष्ट पार्टी माओवादीका रबिन्द्र नखोला, मंगोल नेशनल अर्गानाईजेशनका विकास गुरुङ, स्वतन्त्र सन्तोष घिमिरे र नेपाली कम्युनिष्ट पार्टीका हरिजंग तामाङको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

advertisement_1676553851.gif