मंगलवार, २८ आश्विन, २०८२

माओवादीले राष्ट्रपति निर्वाचनको अन्तिम निर्णय गर्ने जिम्मा प्रधानमन्त्री प्रचण्डलाई दिने

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ८ फाल्गुन, २०७९

माओवादीले राष्ट्रपति निर्वाचनको अन्तिम निर्णय गर्ने जिम्मा प्रधानमन्त्री प्रचण्डलाई दिने

काठमाडौ। नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा पार्टीको कदमबारे अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने सबै जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको हो ।

बैठकले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी, संविधानको रक्षा र शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन पनि राष्ट्रिय सहमति खोज्ने निर्णय गर्नु को साथै फागुन १२ गतेसम्म राष्ट्रिय सहमति हुनेमा विश्वस्त रहेको बताए ।

advertisement_1676553908.gif