राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ८ पुष, २०८२
२०८२ पुष ०८, काठमाडौं । मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले मंगलबार पनि सरकारविरुद्ध प्रदर्शन गरेका छन् । जेनजीको भावना विपरित सरकार अघि बढ्न खोजेकाले प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिनुपर्ने माग राख्दै उनीहरुले मंगलबार पनि काठमाडौँको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले जेनजीका माग पुरा गर, जेनजीको माग चुनाव होइन, सुशासन हो, लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रशासनको अनुमतिबिना प्रदर्शन भएपछि प्रहरीले रोक्न खोजेपनि उनीहरुले प्रदर्शन गरेका थिए ।
वर्तमान सरकार जेनजी आन्दोलनको म्याण्डेड बिपरित अघि बढेकाले सर्वपक्षीय सरकार गठन हुनुपर्ने उनीहरुको माग छ ।
जनतामा राज्यप्रतिको भरोसा कमजोर हुँदै गएकाले युवाहरुलाई एकीकृत गर्दै नयाँ आन्दोलन सुरु गरिएको उनीहरुले जनाएका छन् ।