राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २३ फाल्गुन, २०८२
२०८२ फागुन २३, काठमाडौँ । मोरङ क्षेत्र नं. ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रुबिना आचार्य विजयी भएकी छिन् । उनी ५५ हजार ५१३ मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् ।
उनका निकटतम प्रतिस्पर्धी डा . शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरे । त्यस्तै नेकपा एमालेका विनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गरे ।
श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले भने ३ हजार ४ सय मत हात पारे ।