राष्ट्रिय सन्देश संबाददाता, बुधबार, ९ पुष, २०८२
२०८२ पुष ०९, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आफ्नो सय दिनको कार्यविवरण सार्वजनिक गरेका छन् । बुधबार आफ्नो कार्यकालको एक सय दिन पूरा गरेको अवसरमा एक कार्यक्रम आयोजना गरि आफ्नो कार्यविवरण सार्वजनिक गरेका हुन् ।
उनले ऊर्जासँगै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका छन् । उनले तीन वटा मन्त्रालयबाट १ सय दिन अवधिमा भएका १ सय कामको सूची सार्वजनिक गरेका हुन् ।
मन्त्री घिसिङले यसबीच आफूले जनताको विश्वास बोकेको एक सेवकका रूपमा जिम्मेवारी निर्वाह गर्दै आएको समेत बताए । मन्त्री घिसिङले जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।