राष्ट्रिय सन्देश संबाददाता, आईतवार, ६ पुष, २०८२
२०८२ पुष ०६, काठमाडौं । मधेस प्रदेश सभाका नवनिर्वाचित सभामुख रामअशीष यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश सभाबाट आजै सभामुखमा निर्वाचित भएका यादवले शपथ ग्रहण गरेका हुन् ।
उनलाई मधेसका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले शपथ ग्रहण गराएका हुन् । यसअघि आजै बसेको प्रदेशसभामा मत विभाजन प्रक्रियामार्फत सभामुखमा निर्वाचित भएका थिए ।
उनको विपक्षमा एमालेका त्रिलोकी प्रसादले समेत सभामुख पदमा उम्मेदवारी दिएका थिए ।