राष्ट्रिय सन्देश संबाददाता, बुधबार, १६ पुष, २०८२
२०८२ पुष १६, जनकपुरधाम । मधेश प्रदेश सरकार बुधबार तेस्रोपटक मन्त्रिपरिषद् विस्तार हुँदैछ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
मुख्यमन्त्री यादवले आफ्नै दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेपाली कम्युनिष्ट पार्टी लगायतका दलसँग समन्वय गरी नयाँ मन्त्रीहरू नियुक्त गर्ने बताइएको छ ।
आजै ती दलबाट मन्त्री नियुक्ति गरेर उनीहरूलाई शपथ ग्रहण गराइने बताइएको छ ।