शनिबार, ३० फाल्गुन, २०८२

नेकपा एमाले चुनाव पर्खिरहेको छ : केपी ओली

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १५ पुष, २०८२

नेकपा एमाले चुनाव पर्खिरहेको छ : केपी ओली

२०८२ पुष १५, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू निर्वाचन पर्खिरहेको बताएका छन् । नेकपा एमालेले मंगलबार आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

‘एमालेले हालै आफ्नो महाधिवेशनबाट पार्टीको आन्तरिक जीवनमा फैसला दिएको छ । अब निर्वाचनबाट राष्ट्रिय फैसला दिन पार्टी तयार छ । महाधिवेशनबाट हामीले धेरै कुराहरूको जवाफ दिएका छौं,‘ उनले भने । निर्वाचनका लागि आफूहरू तयार रहेको सन्देश पार्टीको निर्वाचनले पनि दिएको उनले बताए ।

उनले एमालेलाई लोकतन्त्र कसैले पराजित गर्न नसक्ने दाबीसमेत गरेका छन् । ‘लोकतन्त्र अजेय छ, अपराजय छ । यसलाई कसैले पराजित गर्न सक्दैन । यसलाई कसैले जित्न सक्दैन । लोकतन्त्रले नै जित्छ,’ उनले भने ।

अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भावी प्रधानमन्त्रीका लागि भएको सहमतिप्रति पनि व्यंग्य केहीले प्रधानमन्त्री नै घोषणा गरिसके पनि आफूहरू निर्वाचन पर्खिरहेको बताएका छन् ।

ओलीले रास्वपा, बालेन शाह र उज्यालो नेपाल पार्टीको एकतालाई बाख्रा र कुखुराको मोर्चाबन्दी भएको बताएका छन् । ‘बाख्रा र कुखुराको मोर्चाबन्दीले बाघको मुकाबिला गर्न सक्दैन । विशालकाय एमालेसँग भिड्न लौ न मिलौं भनेर कुखुराले मोर्चा गरेर, बाख्राले मोर्चा गरेर सिंहको शिकार हुन्छ? मुकाबिना हुन्छ?,’ उलने प्रश्न गर्दै भने ।

advertisement_1772818633.jpg