राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २९ पुष, २०८२
२०८२ पुष २९, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालसहित केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रचण्ड, माधवसहित २४ सय ९९ केन्द्रीय सदस्यले शपथ लिएका हुन् ।
उनीहरूलाई पार्टीका ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंले शपथ गराए । केन्द्रीय सदस्यलाई भने संयोजक प्रचण्डले शपथ गराएका हुन् ।