शुक्रबार, २९ फाल्गुन, २०८२

नेकपाले पेस गर्‍यो निर्वाचन आयोगमा घोषणापत्र

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ३ फाल्गुन, २०८२

नेकपाले पेस गर्‍यो निर्वाचन आयोगमा घोषणापत्र

२०८२ फागुन ०३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाकाे निर्वाचनका लागि जारी गरेको घोषणापत्र निर्वाचन आयोगमा पेस गरेका छन् ।

आइतबार दिउँसो ३ बजे नेकपाले आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष घोषणापत्र पेस गरेको हो ।

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०८२ अनुसार निर्वाचनमा सहभागी राजनीतिक दलहरूले आफ्नो घोषणापत्र वा प्रतिबद्धता पत्र फागुन ३ गतेभित्र अनिवार्य रूपमा बुझाइसक्नुपर्ने व्यवस्था गरेको छ ।

सोही अनुरूप आयोगले यसअघि नै सबै दलहरूलाई निर्धारित समयसीमाभित्र आवश्यक कागजात पेश गर्न पत्राचार गरेको छ।नेकपाले माघ २७ गते घोषणापत्र जारी गरेको थियो ।

Download the PDF
advertisement_1676553908.gif