शुक्रबार, २९ फाल्गुन, २०८२

नेकपाप्रति भरोसा बढ्दै गएपनि अझैंपनि सोचेजस्तो माहोल बन्न सकेको छैन: प्रचण्ड

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २८ माघ, २०८२

नेकपाप्रति भरोसा बढ्दै गएपनि अझैंपनि सोचेजस्तो माहोल बन्न सकेको छैन: प्रचण्ड

२०८२ माघ २७, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपाप्रति भरोसा बढ्दै गएपनि आफ्नो पक्षमा अझैपनि सोचेजस्तो माहोल बन्न नसकेको बताएका छन् ।

नेकपा संघीय सम्पर्क समिति केन्द्रीय निर्वाचन परिचालन समितिद्वारा मंगलबार पेरिसडाँडा आयोजित प्रशिक्षण कार्यक्रममा प्रचण्डले नेकपा गठन भएपछि जनतामा विस्तारै आशा र भरोसा बढ्दै गएपनि सामाजिक सञ्जालमा नयाँ भन्नेहरुजस्तो माहोल अझै पनि आफ्नो पक्षमा बन्न नसकेको बताएका हुन् ।

वर्तमान असहज, असाधारण परिस्थितिको निर्वाचनमा पहिलेको भन्दा अझ बढी सक्रिय र मेहनत गरेर निर्वाचन परिणामलाई सकारात्मक स्वरूप दिन अगाडि बढ्नुपर्ने उनले बताए ।

त्यस्तै प्रचण्डले राष्ट्रिय स्वाधिनता, समाजवादको आधार निर्माण, भ्रष्टाचार विरुद्धको सुशासन कायम गर्ने, आर्थिक बिकास र समृद्धिका लागि नेकपालाई बिजयी गराउनेपर्नेमा जोड दिए । उनले सिद्धान्त र राजनीतिक मुद्दाहरुका आधारमा नभइ नयाँ भनेको पुरानाको विरोध गर्नु हो भन्ने भाष्य बनाउन खोजिएको तर्क गरे ।

उनले एकताबद्ध भएर योजनाबद्ध ढंगले बाँकी रहेको समयमा मेहनत गरे नेकपा पहिलो पार्टी बन्ने सम्भावना रहेको धारणा राखे । उनले अहिले पार्टीभित्र बहस गर्नुभन्दा पार्टीसँग जोडिएर फिल्डमा खटिन निर्देशन समेत दिए ।

कार्यक्रममा एमालेमा आवद्ध विष्णु अधिकारी र जसपा परित्याग गरी अर्जुन चौलागाईं लगाएतलाई नेकपामा प्रवेश गराइएको थियो ।

advertisement_1676551694.gif