शनिबार, ३० फाल्गुन, २०८२

नाम मात्रैको कार्यवाहक दिनुभएको छ : गगन थापा

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ९ पुष, २०८२

नाम मात्रैको कार्यवाहक दिनुभएको छ : गगन थापा

२०८२ पुष ०९, काठमाडौं । बुधबार पार्टीको कार्यसम्पादन समितिको वैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सभापति आजको बैठकमा नआएको भन्दै बाँकी रहेको बैठक र बाँकी रहेको शक्ति सबै बाहिरबाट अभ्यास भइरहेको टिप्पणी गरे ।

उनले भने, ‘म पार्टी सभापतिलाई आग्रह गर्छु । उहाँले कार्यवाहक दिनुभएको छ । तर उहाँले कार्यवाहक दिँदै गर्दा नाम मात्रैको भएको छ। आज बैठकमा आउनुभएको छैन। तर बाँकी रहेको बैठक, बाँकी रहेको शक्ति सबै त्यहीँबाट अभ्यास भइरहेको छ ।’

त्यस्तै उनले कांग्रेसले अधिवेशनबारे अनावश्यक छलफल गरेर समय मात्र खेर फालिरहेको बताए । महाधिवेशनमा नजाने हो भने विकल्प खुला रहेको बताउँदै उनले विशेष अधिवेशनमा जान सुझाए ।

उनले भने, ‘कांग्रेसले गएको एक डेड महिनाभित्रमा खालि आफ्नो पार्टी कार्यालयभित्र बसेका छौं हामीले अनावश्यक समय खेर फालिसक्यौ । अब फेरि समय खेर फाल्ने कुरा हुँदैन। आलटाल गर्ने कुरा हुँदैन । यसरी महाधिवेशनमा जाँदैनौं भन्ने हो भने विकल्प खुला छ। साथीहरूले माग राख्नुभएको छ, त्यो पनि विधानले भनेको छ । विशेष महाधिवेशन गर्ने र त्यहीबाट अधिवेशनले गर्ने निर्णय गर्छ ।’

त्यस्तै उनले सभापतिले पार्टीको हितका लागि तपाईंहरु मिल्नुस्, मंसिरभित्र अधिवेशन गर्नुस्, म सबै कुराबाट अलग भएर गएँ भनेर भनेको दिन देशभरका साथीहरुले सभापतिले अभिभावकीय भूमिका निर्वाह गर्ने बोध गरेको धारणा राखे ।

advertisement_1676551694.gif